एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक 

काठमाडौँ । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’को बीई११ मोडल एलआरआर मोटर्सले नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले बीई११ का दुई भेरियन्ट नेपाल ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यी दुवै विद्युतीय सवारी नाडा अटो शो २०२६ को पहिलो दिन भदौ ९ गते औपचारिक रूपमा सार्वजनिक गरिनेछ । सोमबार स्काईवेलका उपाध्यक्षले एलआरआर मोटर्सका प्रतिनिधि, कर्मचारी तथा अटोमोबाइलप्रेमीको उपस्थितिमा नेपालमा स्काईवेलको लोगो सार्वजनिक गरेका थिए ।

बीई११ को एउटा भेरियन्टमा ७१ दशमलव ९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याक प्रयोग गरिएको छ । उक्त भेरियन्टले एकपटक पूर्ण चार्ज गरेपछि ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । त्यस्तै, ५१ दशमलव ९१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री भएको अर्को भेरियन्टले एकपटकको चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिनेछ ।

कम्पनीका अनुसार डीसी फास्ट चार्जरको प्रयोग गर्दा बीई११ लाई करिब ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर राखिएको छ भने ८०० भोल्टको हाई–भोल्टेज आर्किटेक्चर प्रयोग गरिएको छ ।

बीई११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, पर्याप्त भित्री स्पेस तथा आधुनिक बडी डिजाइनलगायत सुविधा रहेको कम्पनीले जनाएको छ । १९८ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यो ईभी नेपाली सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

पाँच सिट क्षमताको बीई११ को मूल्य र वारेन्टीसम्बन्धी विवरण भने औपचारिक सार्वजनिक कार्यक्रममा जानकारी गराइने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा यो ईभी प्रतिस्पर्धी तथा आक्रामक मूल्यमा ल्याउने संकेत गरेको छ ।

नाडा अटो शोमा एलआरआर मोटर्सको स्टल एच–१९ मा रहेको छ । सोही स्टलबाट ग्राहकले स्काईवेल बीई११ लगायतका उत्पादनबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै