प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, भोलि दिउँसो १ बजे बस्ने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको मंगलबारका लागि तय गरिएको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरेका छन् ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणले मंगलबार निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले बुधबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको उल्लेख छ ।

यससँगै मंगलबारका लागि तय भएका प्रतिनिधि सभाका कार्यसूची अब बुधबारको बैठकमा अघि बढ्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै