काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको मंगलबारका लागि तय गरिएको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरेका छन् ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणले मंगलबार निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले बुधबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको उल्लेख छ ।
यससँगै मंगलबारका लागि तय भएका प्रतिनिधि सभाका कार्यसूची अब बुधबारको बैठकमा अघि बढ्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





