काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ । नेपालकी चर्चित मोडल, उद्यमी तथा सार्वजनिक व्यक्तित्वकोृ छवि स्थापित गरेकी अस्मीलाई बोश होमले ब्रान्ड एम्बेसडर बनाएको हो ।
उनी मिस नेपाल वर्ल्ड २०१६ को विजेता तथा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी व्यक्तित्वका रूपमा परिचित छिन् । फेसन तथा ब्रान्ड एन्डोर्समेन्ट क्षेत्रमा सफल करियरसँगै उनी अस्मी श्रेष्ठ इन्टेरियरकी संस्थापक पनि हुन् । जसले डिजाइन, सिर्जनशीलता र उद्यमशीलताप्रतिको उनको रुचि र प्रतिबद्धतालाई झल्काउँछ ।
जीवनशैली, फेसन, सौन्दर्य तथा व्यावसायिक अभियानहरूमा उनको प्रभावशाली उपस्थितिका कारण अस्मी नेपालकी विश्वसनीय र प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छिन् । बोश होम एप्लायन्सेससँग अस्मीको सहकार्य ब्रान्डको प्रिमियम गुणस्तर, बौद्धिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय प्रदर्शनप्रतिको प्रतिबद्धतासँग मेल खान्छ ।
नेपालकी परिचित र प्रभावशाली व्यक्तित्वका रूपमा अस्मीले शैली र कार्यक्षमता दुवैलाई महत्व दिने आधुनिक नेपाली घरपरिवारको आकांक्षालाई प्रतिनिधित्व गर्छिन् । यस साझेदारीमार्फत बोश होम एप्लायन्सेसले नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै प्रिमियम, भरपर्दो र सुन्दर डिजाइनका घरेलु उपकरण खोजिरहेका उपभोक्तासँग थप नजिकिने लक्ष्य राखेको छ ।
बोश होम एप्लायन्सेसबारे
बोश होम एप्लायन्सेस विश्वका अग्रणी घरेलु उपकरण ब्रान्डहरूमध्ये एक हो, जसले जर्मन इन्जिनियरिङ, नवीन प्रविधि, दीर्घकालीन गुणस्तर र दिगो डिजाइनलाई आधुनिक नेपाली घरहरूमा ल्याउँदै आएको छ । नेपालमा ब्रान्डले फ्रन्ट(लोड वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवासर र बिल्ट–इन किचन एप्लायन्सेसमा विशेष ध्यान केन्द्रित गरेको छ ।
दक्षता, टिकाउपन र सहज प्रयोगका लागि डिजाइन गरिएका बोशका उत्पादनहरूले उन्नत विशेषता र आकर्षक डिजाइनको संयोजनमार्फत दैनिक जीवनलाई अझ स्मार्ट र दिगो बनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






