काठमाडौं । फिफा विश्वकप २०२६ को आयोजक क्यानडा अन्तिम १६ बाटै बाहिरिएको छ । शनिबार राति सम्पन्न प्रि–क्वार्टरफाइनलमा मोरक्कोसँग ३–० गोलअन्तरले पराजित भएपछि क्यानडाको विश्वकप यात्रा टुंगिएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मोरक्कोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको थियो । खेलको ५०औँ मिनेटमा अज्जेदिन औनाहीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले नै ८२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मोरक्कोको अग्रता २–० बनाए ।
इन्जुरी समयको अन्त्यतिर सुफियान रहिमीले अर्को गोल थपेपछि मोरक्को ३–० को सहज जित निकाल्न सफल भयो ।
यस जितसँगै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल पुग्ने पहिलो टोली बनेको छ भने आयोजक क्यानडाको उपाधि यात्रा अन्तिम १६ मै समाप्त भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






