काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को प्रतिस्पर्धामा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पहिलो अग्रता भने क्रोएसियाले लिएको थियो ।
खेलको ५३औँ मिनेटमा इभान पेरिसिकले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । तर, पोर्चुगलले ६८औँ मिनेटमा पुनरागमन गर्यो । कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
निर्धारित समय सकिएपछि थप गरिएको इन्जुरी समयको चौथो मिनेटमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए ।
इन्जुरी समयमै क्रोएसियाले जाली चुमाए पनि उक्त गोलले मान्यता पाएन । त्यसपछि थप गोल हुन नसक्दा पोर्चुगल विजयी बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






