काठमाडौं । दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ । एस्टाडियो मोन्टेरे स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै दक्षिण अफ्रिका समूहको उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाउन सफल भएको हो ।
खेल सकिएलगत्तै दक्षिण अफ्रिकी खेलाडी तथा समर्थकहरूले मैदानमै उत्साहपूर्ण रूपमा खुसीयाली मनाएका थिए । यस समूहबाट मेक्सिकोले यसअघि नै लगातार जित दर्ता गर्दै समूह विजेताका रूपमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । समूह चरणको अर्को खेलमा मेक्सिकोले मेक्सिको सिटी स्टेडियममा चेक गणतन्त्रको सामना गरेको थियो ।
समूह विजेताको टुंगो लागिसके पनि उपविजेता बन्ने होड भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्ततः दक्षिण कोरियालाई पछि पार्दै दक्षिण अफ्रिकाले अन्तिम ३२ मा स्थान सुरक्षित गर्न सफल भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






