कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्याङ्जाको वालिङस्थित श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको वालिङ शाखाको समन्वयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत गरिबीको रेखा मुनि रहेका विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको हो ।
बैंकका पोखरा क्षेत्र प्रमुख शिव कुमार ढकालले विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूलाई कापी, कलम तथा विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बैंकको यस उदाहरणीय कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, "यस प्रकारको सहयोगले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो भूमिका खेल्नेछ । यस्ता कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूको मनोबल बढ्नुका साथै शिक्षा क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ ।"
सहयोग हस्तान्तरण गर्दै बैंकका क्षेत्र प्रमुख ढकालले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिलोस् भन्ने उद्देश्यले बैंकले यो सानो प्रयास गरेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा शिक्षा र वित्तीय साक्षरताका क्षेत्रमा बैंकले सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कामना सेवा विकास बैंकले देशभर फैलिएका आफ्ना शाखाहरू मार्फत यस्तै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपाको नयाँ नेतृत्वमा रवि निकट नेताको वर्चस्व, असिम शाह बने अपवाद
- होर्मुजमा मालवाहक जहाजमाथि ड्रोन आक्रमण, ट्रम्पले लगाए इरानमाथि आरोप
- कोशीमा भारी वर्षाको सम्भावना, देशभर मनसुन विस्तार हुने क्रम जारी
- रास्वपाको महामन्त्रीमा ८ जनाको मात्र उम्मेदवारीः शिशिर खनालले किन लिए फिर्ता
- प्रतिनिधिसभाको बैठक आज पनि सर्यो
- मधेसमा सरकार चलाउनेकै कारण संघीयता डुब्ने खतरा
- विद्युतीय सवारी साधनको बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न
- आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग



ट्रेन्डिङ
खबरमुकाम







