काठमाडौं । नेपालको पुरस्कारप्राप्त गोरमेट पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औँ वार्षिकोत्सवको अवसरमा भारतीय बजारमा आधिकारिक रूपमा प्रवेश गरेकाे महत्वपूर्ण उपलब्धि सार्वजनिक गरेको छ ।
२०१७ मा स्थापना भएको WOW Popcorn सानो घरेलु प्रयासबाट सुरु भएर आज नेपालकै चर्चित प्रिमियम स्न्याक ब्रान्डको रूपमा स्थापित भइसकेको छ। आठ वर्षको सफल यात्रापछि कम्पनीले अब अन्तर्राष्ट्रिय बजारतर्फ पहिलो ठोस कदम चाल्दै, भारतका उपभोक्तासम्म आफ्ना नविन र उच्च गुणस्तरका उत्पादन पु¥याउने तयारी गरेको छ।
WOW Popcorn का संस्थापक तथा प्रबन्ध निर्देशक शुभाकर मानन्धर भन्छन्, “८ वर्ष पूरा गर्नु हाम्रो लागि गर्वको विषय हो, र भारतीय बजारमा प्रवेश गर्नु यसलाई अझ अर्थपूर्ण बनाउँछ। भारत स्वादप्रतिको रुचि र विविधताका लागि परिचित बजार हो, र त्यहाँ हाम्रो उत्पाद लान पाउँदा हामी उत्साहित छौं।” नेपालमा WOW Popcorn ले परम्परागत पपकर्नको सीमाभन्दा बाहिर गएर पाँचभन्दा बढी गोरमेट फ्लेभरहरू प्रस्तुत गर्दै, Cheddar Cheese , Butter Scotch, Caramel, Cheddar Cheese & Caramel / Peri Peri जस्ता लोकप्रिय स्वादहरुसहित उपभोक्ताको विश्वास जित्दै आएको छ।
२०१७ मा स्थापना भएको WOW Popcorn नेपालकै अग्रणी गोरमेट पपकर्न ब्रान्ड हो। साधारण स्न्याकलाई प्रिमियम र साझा गर्न मिल्ने अनुभवमा रूपान्तरण गर्ने उद्देश्यसहित अघि बढिरहेको यो ब्रान्डको भारतीय विस्तार दक्षिण एसियाली गोरमेट स्न्याक बजारमा पहिचान बनाउने दिशामा महत्वपूर्ण कदम हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल–भारतबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण निर्णय सार्वजनिक
- बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक पुनः सञ्चालनमा
- दक्षिण लेबनानमा इजरायली आक्रमण, उच्च सैन्य अधिकारीसहित कम्तीमा १२ जनाको मृत्यु
- आज विश्व खाद्य सुरक्षा दिवस, मानिसका लागि खाद्यवस्तु किन बन्दैछ असुरक्षित ?
- आजको मौसम, कतै पानी पर्ने र कतै तातो हावा बहने
- रास्वपाले आज र भोलि ६९ जिल्लामा अधिवेशन गर्दै
- उपत्यकाका यी एक सय ठाउँमा आज ४ घण्टा बत्ती नहुने
- ‘नेपाली ब्रो’ कुमारद्वारा आफ्नै श्रीमतीको हत्या, मध्यरातमा प्रहरीको नियन्त्रणमा



ट्रेन्डिङ
खबरमुकाम






