काठमाडौँ । कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने लक्ष्यका साथ आयोजना गरिएको ‘एग्रिवस्तु कृषि तारा २०८२’बाट कृषक बहरैची केवट सम्मानित भएका छन् । लामोसमयदेखि कृषि पेशामा आवद्ध केबटलाई नगद १ लाखसहित सम्मान गरिएको हो ।
‘कृषक देवो भवः’ मूल मन्त्रलाई आत्मसाथ गर्दै दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटीभले एग्रिवस्तु कोल्ड स्टोरेज बुद्धभूमी १० चेतरादेइमा भएको भव्य समारोहका बीच केवटसहित अन्य कृषकहरु पनि सम्मानित भए । यसैगरी कृष्ण मोहन केबट दोस्रो हुँदै नगद ७५ हजार पुरस्कार पाउँदा कृष्णलाल भारती तेस्रो हुँदै नगद ५० हजार प्राप्त गरे । यस्तै, उत्कृष्ट महिला कृषक तर्फ दुर्गा अर्यालले अवार्ड पाउँदा विदेशबाट फर्किएर कृषि कर्म गरीरहेका बलबहादुर राना पनि नगदसहित सम्मानित भए ।
यस्तै, सत्यभामा केवट, रामबहादुर थारु, सत्यनारायण थारु, बैभव प्रताप शाह र सन्तोष कुमार चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे । सम्मानित सबैले पहिलो पटक कपिलवस्तुमा आयोजना भएको यो कार्यक्रमले आफूहरु उत्साहित भएको बताउँदै प्राप्त नगद पुरस्कार यही पेशाको बृद्धिका लागि खर्च गर्ने बताए ।
मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्याङ्कन समितिले प्राप्त आवेदनहरूको अध्ययन गरी क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायताका आधारमा सम्मानित हुने ५ जना उत्कृष्ट कृषक र ५ जना सान्तवना पुरस्कार प्राप्त गर्नेहरु छानिएकोएग्रीवस्तु कोल्ड स्टोरेजका प्रबन्ध निर्देशक आशिष शर्माले जानकारी दिए ।
मूल्याङ्कन समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझा, कृषि विद् खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्य रहेका थिए । संयोजक शुक्लाले निष्पक्ष र प्रभावकारी ढङ्गले मूल्याङ्कन गरिएको बताउँदै यस प्रतियोगिताले किसानहरूलाई प्रोत्साहन गर्ने र कृषि पेसालाई थप सम्मानित बनाउने विश्वास व्यक्त गरे । कृषि पेशा गरेर केही हुँदैन भन्ने नकारात्मक सोच समाजमा अझै पनि व्याप्त रहेको भन्दै शर्माले यो कार्यक्रमले यस्तो भाष्यलाई चिर्न महत्त्वपूर्ण भूमिका खेल्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कार्यक्रममा कलाकार जितु नेपाल मुन्द्रेको बेजोड प्रस्तुतीका साथै गणेश बन्दना र थारु नाँचले माहोल रमाईलो बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







