काठमाडौं । केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी सत्यदिप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरुले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजना वारेमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका थिए ।
सो अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशक देखिको यात्राको वारेमा जानकारी प्रदान गर्नुका साथै सत्यदिपको गुणस्तर, विश्वसनियता र देशब्यापी वितरण क्षमताको वारेमा जानकारी प्रदान गरेका थिए । सहभागी बिचमा अन्य कुराका अतिरिक्त केजको उत्पादन क्षमताका वारेमा विशेष प्रकारको भिडियो प्रदर्शन गरिएको थियो, जसले महत्वपूर्ण जानकारीका साथ सो दिनलाई अर्थपूर्ण बनाउन भूमिका खेलेको थियो ।
सो अवसरमा केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनको वारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजना वारेमा सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतिकरण मार्फत जानकारी प्रदान गरेका थिए । सो अवसरमा सत्यदिपको लोभलाग्दो बजार प्रभाव वारेमा तथ्यांकिय प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रम समापनको अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै नवीनता, विश्वास र सहकार्यसहित नेतृत्व गर्ने सत्यदिपको भिजनलाई पुनःपुष्टि गरे ।
नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । यसकारण यो सेगमेन्टमा केज नम्बर १ ब्याट्री ब्रान्ड बनेको छ ।
सत्यदिप इन्टरनेसनल प्रा.लि. सन् २००२ मा स्थापना भएको हो, जसले नेपालमा प्रिमियम अटोमोटिभ स्पेयर पार्ट्स र ब्याट्रीको क्षेत्रमा विश्वासिलो वितरकको पहिचान कायम गरेको छ । नेपाली बजारमा बोस, भालेओ, जेडएफ र केज लगायतका विभिन्न ब्रान्डसँगको सहकार्यमा कार्य गरिरहेको सत्यदिप इन्टरनेसलन रिटेल नेटवर्क, विश्वसनियता र अतुलनीय सर्भिसका लागि परिचित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







