काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा. फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा. लिमिटेड १० औं नेपाल वुड इन्टरनेशनल एक्स्पो, ५ औं नेपाल इन्टरनेशनल फर्निचर एक्स्पो र नेपाल होमटेक्स एण्ड होम डेकर इन्टरनेशनल एक्स्पो ४, ५ र ६ अगस्टमा काठमाडौंमा आयोजना हुने भएको छ ।
भृकुटिमण्डप आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका सयभन्दा बढी स्टल रहनेछन् । फर्निचर, प्लाइउड तथा वुडवर्किङ टुल कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनी, डिलर, सब–डिलर तथा बिक्रेतालाई काठको व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी दिन र नेपालमा भित्रिएका अत्याधुनिक प्रविधिका बारेमा जानकारी गराउन विगत ९ वर्षदेखि प्रदर्शनी आयोजना गरिएको हो । क्षेत्र कोसेढुङ्गा सवित हुदै आयोती छ। यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइउड, लमिनेट, होम टेक्सटाइल, हार्डवेयर, काठसँग सम्बन्धित मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको उल्लेख्य सहभागिता रहेको छ ।
स्वदेशी उद्योगमा रहेका अत्याधुनिक वस्तु तथा प्रविधि प्रयोग गरी विश्व ख्यातिप्राप्त कम्पनी र ब्रान्डलाई नेपाली बजारमा ल्याउने यस नवौं नेपाल वायु प्रदर्शनीको आयोजकले पहल गरेको हो । यस प्रदर्शनीले ठूला उद्योगहरूलाई आफ्ना विद्यमान मेसिनहरू अपग्रेड गर्न र अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ।
१० औं संस्करणले धेरै नयाँ प्रविधि र सामग्रीहरू प्रदर्शन गर्नेछ। आगन्तुकहरूले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नयाँ उत्पादनहरू हेर्न सक्नेछन्। प्रदर्शनी स्थलमा जानकारीमूलक सेमिनार, अन्तरक्रियात्मक कार्यशाला र प्रत्यक्ष प्रस्तुति पनि आयोजना गरिने छ । दशौं संस्करणमा फर्निचर निर्माता, किचन मेकर, स मिलर, बोर्ड मेकर, फिटिङ तथा कम्पोनेन्ट निर्माता, व्यापारी, आर्किटेक्ट, भवन निर्माण तथा इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नयाँ उत्पादनको उल्लेख्य सहभागिता रहनेछ ।
यस प्रदर्शनीका साझेदार संस्थाहरु इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन उत्पादन उद्योग व्यापारी महासंघ र नेपाल प्लाइउड उत्पादक संघ रहेका छन् । यो प्रदर्शनीले नेपालमा काठ, फर्निचर र होम टेक्सटाइल क्षेत्रको भइरहेको विकास र आधुनिकीकरणलाई उजागर गर्ने लक्ष्य राखेको छ। यस प्रदर्शनीमा आम नागरिक बाहेक घर बनाउन चाहने नेपाली, नेपालका चर्चित आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरहरुको समेत सहभागिता रहने छ ।
यो प्रदर्शनीले नेपालको काठ, फर्निचर र घरेलु कपडा क्षेत्रका नयाँ प्रविधिका सामानहरू प्रदर्शन गर्ने माध्यम बनाउने र विदेशमा प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउने उद्देश्य राखेको छ । यो प्रदर्शनीले नेपालमा काठ उत्पादनसँग सम्बन्धित काममा पनि सकारात्मक भूमिका खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





