काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण आगामी माग १६ र १७ गते हुने भएको छ । पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यूएस नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको आज बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यूएस नेपाल क्लाइम्बर एसोसिएसनका संस्थापक अध्यक्ष जाङ्बु शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागिएको बताए । उनले प्रतियोगिताले आरोहण क्षेत्रमा रूचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष शेर्पाले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा दोस्रो एडिसनको प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । क्वाली राउन्डका लागि उपयुक्त ठाउँ छिट्टै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर केन्द्रमा गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता दुई चरणमा हुनेछन् । पहिलो दिन क्वाली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिनेछ ।
कार्यक्रमले प्रतिस्पर्धा मात्र नभई आरोहण संस्कृति, सौहाद्र्रता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले बताए । प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउनेछन् ।पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्नेछन् ।
त्यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला र पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना
- विराटनगरस्थित देवनरा ग्रुपमा प्रहरीको छापा, मुन्दडा समूहको घरमा खानतलासी
- पहिरो र ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
- आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम






