काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटके नयाँ ऐनबनाउन पहल गर्ने बताएका छन् ।
मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।,
मन्त्रीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ । २०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ
मन्त्रीले देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।
स्काउटलाई पनि संघीय संरचना अनुसार देशभरमा लैजाउनुपर्छ । ७५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ । मन्त्रीले भने ।
मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएको प्रति चिन्ता व्यक्त गरे ।
मन्त्रीले भनेका छन, अहिले बालबालिका र युवाहरूमा सामाजिक संस्कार र नैतिक चरित्र निमाणमा मद्दत गर्नेछ । विस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरूरी भइसकेको छ । स्काउटले प्राकृतिक प्रोकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए । स्काउट अहिले ७ दशक पारगरिसकेको छ । चाँडै नै शाताब्दी मनाउने मोडमा आइपुगेको छु
स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ म तयार छु । उनले स्काउटलाई अन्तराष्ट्रिय जगतमा चिनाउँदै सबैलाई आआफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






