पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा आज मनाङमर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन् । दिउँसो साढे २ बजे पोखरा रंगशालामा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।
जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
आहारारा पोखरा गोल्डकपको इतिहासमा हालसम्म एक पटकमात्रै मनाङमर्स्याङ्दी र जावलाखेलको भेट भएको छ । २०६८ सालमा पहिलो पटक सहभागी भएको जावलाखेल आफ्नो पहिलो खेलमै फाइनलसम्म पुगेर सनसनी मच्चाएको थियो ।
तर, फाइनलमा मनाङमर्स्याङ्दी बाधक बन्यो । मनाङमर्स्याङ्दीले जावलाखेललाई २–० ले उपाधि जित्नबाट रोकेको थियो ।
जावलाखेलले हालसम्म उपाधिविहीन छ भने मनाङमर्स्याङ्दी आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेतासहित अनुभवी टिममध्ये एक हो । हालसम्म मनाङ ६ पटक विजेता र ५ पटक उपविजेता बनिसकेको छ ।
आहारारा पोखरा गोल्डकपको पहिलो संस्करण क्याराभान कपबाटै सहभागी भइरहेको मनाङले हालसम्म २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा उपाधि जितेको छ । पछिल्लो समय २०औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको मनाङ मर्स्याङ्दी विभागीय टोली एपीएफसँग पराजित भएको थियो ।
पोखरा मनाङमर्स्याङ्दीको राम्रो समर्थक भएको ठाउँ पनि हो । पोहोर ए डिभिजन लिगमा मनाङमर्स्याङ्दीले पोखरालाई आफ्नो होम ग्राउन्डसमेत घोषणा गरेको थियो । आहाराराको क्वार्टरफाइनलमा मनाङमर्स्याङ्दी निशान लिम्बुको कप्तानीमा मैदान प्रवेश गर्नेछ ।
यता, जावलाखेलमा राष्ट्रिय टिमका हिसुब थपलिया, छिरिङ लामा छन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका सुदीप गुरुङ र डेब्यु गर्न बाँकी गोल रक्षक अनिश देउलाले गोल पोस्टको रक्षा गर्दैछन् । मछिन्द्रलाई प्रिक्वार्टरफाइनलबाटै फिर्ता पठाउन हिसुबले निर्णायक गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






