काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बागमतीले सुदूरपश्चिमलाई ९७ रनले हराएको हो ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनायो । जितका लागि दुई सय ४८ रनको लक्ष्य पाएको सुदूरपश्चिम प्रदेशको पारी ३० दशमलव तीन ओभरमा एक सय ५० रनमा समेटियो ।
बागमतीका लागि आशुतोष घिरैयाले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ६२ बलमा छ चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी कप्तान रित गौतमले ६१ बलमा नौ चौकासहित ४४ रन जोडे । अशोक पौडेलले ३१, सोनु देवकोटाले २८, रविन जोशीले २४, प्रतिश जिसीले १७, विपिन आचार्यले १२, सूर्य तामाङले नौ तथा इशान पाण्डेले दुई रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नारायण जोशीले तीन तीन, विकास आग्रीले दुई तथा मिलन बोहराले एक विकेट लिए । सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा नरेन भट्टले ४१, किरण ठगुन्नाले ४१ तथा खडग बोहोराले २१ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ बागमतीका सूर्य तामाङ र विपिन आचार्यले तीन तीन तथा रिजन ढकाल, कृजन गुरुङ र सोनु देवकोटाले एक एक विकेट लिए । जितसँगै आठ खेल खेलेको बागमतीले १० अङ्क जोडेको छ । बागमती अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । छ खेल खेलेको सुदूरपश्चिमको भने आठ अङ्क छ । सुदूरपश्चिम अङ्कतालिकाको पाँचौँ स्थानमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






