सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको पहिलो दिन आएतबार बढेको सुनको मूल्य आज कारोबार साताको दोश्रो दिन सोमबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपयाँमा कारोबार भइरहेको छ ।

 

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै