काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमतीले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा २७४ रनको लक्ष्य पछ्याएको कोशी १७ बल अगाडि २०९ रनमा अलआउट भयो ।
तीन खेलमा जित हात पारेको बागमती अंक तालिकाको दोस्रो स्थानमा छ । लगातार पाँचौँ खेलमा पराजित भएको कोशी अंकविहीन रहँदै पुछारमा छ ।
कोशीका लागि कप्तान सुजन थपलिया र अंकित सुवेदीले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । सुजनले ५९ र अंकितले ५३ रन जोडे ।
कोशीलाई हराउने क्रममा बागमतीका इशान पान्डेले ५ विकेट लिए । सूर्य तामाङले २ तथा रिजन ढकाल र प्रतिक श्रेष्ठले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो । ओपनर आशुतोष घिरैयाले शतक प्रहार गरे । उनले १११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै ११८ रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







