कीएभ । युक्रेनले रूसको सीमावर्ती शहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ ।
बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा रूसले शुक्रबारदेखि निरन्तर रूसका अन्य शहरहमा जस्तै बेल्गोरोडमा पनि आक्रमण गरिरहेको बताएका छन् ।
“मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका रहेका छन् । घटनामा १७ बालबालिकासहित ११० जना घाइते भएका छन् । अहिलेसम्म ३० वटा अपार्टमेन्ट भवन, ३४४ वटा अपार्टमेन्ट, तीन वटा निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ,’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसैबीच, रूसी रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड र सो क्षेत्रमा युक्रेनको सशस्त्र बलले शुक्रबार र शनिबार गोलाबारी गरेको थियो । रूसले युद्धसामग्रीको साथ दुई रकेटहरू र एक बहु प्रक्षेपण रकेट प्रणालीबाट शहरको केन्द्रमा आक्रमण गरिएको छ ।
मन्त्रालयले शनिबार हवाई प्रतिरक्षा प्रणालीले रकेट र अधिकांश गोलालाई रोकेको र शुक्रबार राति बेल्गोरोड क्षेत्रको भूभागमा १३ वटा रकेट नष्ट गरेको जनाएको छ ।
त्यस्तै, युक्रेनको सुरक्षा सेवाको अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी स्थानीय सञ्चारमाध्यमले युक्रेनी सेनाले बेल्गोरोड क्षेत्रमा रहेको रूसी सैन्य शिविरमा आक्रमण गरेको जनाएको छ ।
युक्रेनका शहरहरूमा रूसी क्षेप्यास्त्र आक्रमण र सर्वसाधारणको हत्याको परिणामस्वरूप युक्रेनको रक्षा बलको संयुक्त गतिविधि जारी रहेको स्रोतले जनाएको छ । शुक्रबार रूसले युक्रेनमा हवाई आक्रमण गर्दा ३० जनाको मृत्यु हुनुका साथै १६० जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







