चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाह महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा विभिन्न चर्चा भइरहेका बेला उनी चितवन जाने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले शाह महाधिवेशनमा सहभागी हुने जानकारी दिएकी छन् । रास्वपा स्रोतका अनुसार पार्टी सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री शाहले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहमा उनले संक्षिप्त सम्बोधनसमेत गर्ने बताइएको छ ।
चार वर्षअघि स्थापना भएको रास्वपासँग प्रधानमन्त्री शाहसहित उनका समर्थकहरू गत पुस १३ गते पार्टीमा समाहित भएका थिए । त्यतिबेला भएको सहमतिअनुसार निर्वाचनमा पार्टी विजयी भए शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिएको थियो । सोही सहमतिअनुसार अहिले शाहले सरकारको नेतृत्व गरिरहेका छन् भने लामिछानेले पार्टीको नेतृत्व सम्हालिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






