जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित राजासिमा निर्माणाधीन रङ्गशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ ।
आयोजनाअन्तर्गत नगरपालिकाभित्रका एकीकृत सहरी पूर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख महेन्द्र सिंहले जानकारी दिए । आर्थिक वर्ष २०७९÷८० देखि काम अघि बढेको हो । आयोजना प्रमुख सिंहका अनुसार उक्त काम २०८१ कात्तिकभित्र सक्नुपर्ने सम्झौता छ । नगरभित्रका विभिन्न भौतिक संरचनासहित रङ्गशाला निर्माणका लागि कूल रु ४० करोड ६२ लाखमा कविन्द्र निर्माण सेवा कम्पनी प्रालि काठमाडाैंसँग सम्झौता भएको उनले जानकारी दिए ।
जिल्लामा रङ्गशाला नहुँदा खेलाडीलाई खेल खेल्न र अभ्यास गर्न सकस हुने गरेको छ । अबको दुई वर्षभित्र रङ्गशाला निर्माण भएपछि जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने निर्माण आयोजना कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए । कर्णाली प्रदेशकै नमूना रङ्गशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालयले जनाएको छ ।
सेनाद्वारा पातारासीमा स्वास्थ्य शिविर सञ्चालन
यसैबीच नेपाली सेनाले जुम्लाको पातारासी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीमा सेनाको २४ बाहिनी अड्डाको आयोजना तथा नन्दा बक्स गण, पातारासी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
नन्दा बक्स गणको व्यवस्थापनमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट यहाँको विपन्न समुदायलाई उपचारमा राहत पुगेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । सो स्वास्थ्य शिविरबाट एक सय २७ पुरुष र चार सय २१ महिला लाभान्वित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






