मुकाम डेस्क । एसीसी यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरू हुनेछ ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न नेपालले आज अफगानिस्तानलाई हराउन जरुरी छ । किनकि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानको अवस्था पनि उस्तै छ । पहिलो खेलमा भारतसँग पराजित भएको अफगानिस्तान पनि सेमिफाइनलमा पुग्न नेपाललाई हराउन चाहन्छ । यसर्थ यी दुईबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।
प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूह ुबीुमा आयोजक यूएई, बंगलादेश, जापान र श्रीलंका छन् ।
समूह ‘ए’को शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा भारत छ । समूहमा शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालको कप्तानी देव खनालले गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






