ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई पराजित गरेको छ । भारतको डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा गएराति २०९ रनको लक्ष्य पछ्याएको भारतले एक बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।
२०९ रनको विशाल लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाएर रोमाञ्चक जीत हात पारेको हो ।
भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए । इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए ।
अस्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २०८ रन बनाएको थियो ।
अस्ट्रेलियाविरुद्ध ५ टी–२० सिरिज दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






