काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पोखरामा अवस्थित “बरपिपल रिसोर्ट पोखरासँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।
उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले बरपिपल रिसोर्ट पोखरा मा खाना, बस्न तथा Spa सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित Break Fast, Lunch Dinner निःशुल्क उपलब्ध गराइनेछ ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ वा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।
साथै मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने Auto Loan सञ्चालनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट
- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच भेटवार्ता
- सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८३ भव्यताका साथ सम्पन्न
- पाटा नेपाल च्याप्टर 'पाटा एक्सिलेन्स अवार्ड २०२६' द्वारा सम्मानित
- रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री
- रास्वपा कार्यालय पुगेका लैङ्गिक अल्पसंख्यकको गुनासो, संसदमा समुदायको विषय किन उठेन ?
- क्यानडाबाट नेपाली हिपहपको नयाँ स्वाद, भिडियोमा हट देखीइन इभा गिरी
- नेपाल इन्जिनियरिङ कलेज छात्रवृत्ति परीक्षामा पनि विद्यार्थीको घुईचो


ट्रेन्डिङ
खबरमुकाम







