एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाउने निर्णयप्रति भीम रावलको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले सरकारले एक रुपैयाँको सिक्काबाट नेपालको ‘चुच्चे नक्सा’ हटाउने निर्णय गरेको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।

सरकारले असार ३२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्साको सट्टा सिक्कामा गुम्बाको चित्र राख्ने निर्णय गरेको सार्वजनिक भएपछि रावलले उक्त कदमलाई राष्ट्रिय हितविपरीत भएको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो निर्णय भएको पुष्टि भएमा यसलाई नेपालको भौगोलिक अखण्डताविरुद्धको गम्भीर र राष्ट्रहितविपरीतको कदमका रूपमा लिनुपर्ने उल्लेख गरेका छन् ।

रावलले प्रधानमन्त्रीको यसअघिको अभिव्यक्तिसँग उक्त निर्णयलाई जोड्दै, यदि समाचार सत्य हो भने यो अर्को गम्भीर राष्ट्रघाती निर्णय ठहरिने दाबी गरेका छन्। 

यस विषयमा सरकार तथा सम्बन्धित निकायले वास्तविक अवस्था सार्वजनिक गर्दै नागरिकलाई तत्काल स्पष्ट जानकारी गराउनुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै