काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने र कानुनी राज्यको उल्लंघन गर्ने कामको नेतृत्व स्वयं सरकारले गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको नयाँ वेबसाइट तथा एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको आलोचना गर्ने वा विरोधमा उत्रिने युवाहरूलाई धम्की र त्रास देखाउने काम भइरहेको दाबी गरे ।
उनले विरोधका आवाज दबाउन घर, कार्यालय तथा सञ्चारमाध्यमका कार्यालय अगाडि सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गर्ने गरिएको आरोप लगाए । शान्तिपूर्ण रूपमा असहमति व्यक्त गर्ने तथा विरोध प्रदर्शन गर्ने नागरिकको संवैधानिक अधिकारमाथि समेत सरकारले अंकुश लगाउन खोजेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले सरकार तानाशाही र फासीवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै संसद् र राज्यका तीनवटै अङ्गलाई कार्यकारीको इच्छाअनुसार सञ्चालन गर्न बाध्य पारिएको बताए। बजेटजस्तो महत्वपूर्ण विषयमा समेत केवल चार घण्टा छलफल गरेर पारित गरिएको घटनालाई उनले त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे ।
फरक प्रसंगमा अध्यक्ष ओलीले एमाले कुनै अरूको सहारामा उभिएको पार्टी नभई आफ्नै बलमा स्थापित भएको राजनीतिक शक्ति भएको बताए । अनेकौँ आँधी, हुरी, तुफान र चुनौतीको सामना गर्दै एमाले दह्रो रूपमा अघि बढेको उल्लेख गर्दै उनले पार्टीसँग जस्तोसुकै परिस्थितिको सामना गरी त्यसलाई पराजित गर्ने क्षमता रहेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






