मोरङ । मोरङको लेटाङ नगरपालिका–९ स्थित शिवशक्ति बाबा धाममा आयोजित विशेष धार्मिक समारोहमा जगद्गुरु शिवशक्ति बाबालाई ‘अखण्ड भारत श्री श्री श्री १००८ सन्तस्वामी’ उपाधिबाट सम्मान गरिएको छ । भारतबाट नेपाल आएका पूज्य स्वामी ज्ञानानन्द तीर्थ जगद्गुरु शङ्कराचार्य महाराजजीले वैदिक विधिअनुसार सम्पन्न समारोहमा उक्त उपाधि प्रदान गरेका हुन् ।
समारोहमा नेपाल तथा भारतलगायत विभिन्न स्थानबाट आएका हजारौँ श्रद्धालु, सन्त–महात्मा, धर्मगुरु तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वैदिक मन्त्रोच्चारण, पूजाआजा र धार्मिक अनुष्ठानबीच उपाधि घोषणा गरिएपछि सम्पूर्ण परिसर भक्तिमय बनेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी ज्ञानानन्द तीर्थ जगद्गुरु शङ्कराचार्य महाराजजीले सनातन वैदिक धर्मको संरक्षण, प्रवर्द्धन र आध्यात्मिक एकताको महत्वमाथि जोड दिए । उनले जगद्गुरु शिवशक्ति बाबाले धर्म, संस्कृति, आध्यात्मिक जागरण तथा मानव सेवाका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै समाजमा नैतिकता, संस्कार र आध्यात्मिक चेतना विस्तारमा उनको भूमिका प्रेरणादायी रहेको बताए ।
उपाधि घोषणा भएपछि उपस्थित श्रद्धालुहरूले जयघोष गर्दै हर्षोल्लासका साथ स्वागत गरेका थिए । आयोजकका अनुसार उक्त समारोह शिवशक्ति बाबा धामको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ ।
आयोजकहरूले यस सम्मानले सनातन वैदिक परम्पराको संरक्षण, धार्मिक तथा सांस्कृतिक मूल्यहरूको प्रवर्द्धन र आध्यात्मिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






