काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको जलविरे क्षेत्रमा दुई वटा बस आपसमा ठोक्किँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनापछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । दुर्घटनास्थलमा प्रहरी र उद्धार टोली पुगेर सडक खुलाउने तथा सवारी व्यवस्थापनको काम गरिरहेका छन् ।
यसअघि अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको थियो । आइतबार बिहानदेखि भने सडक सञ्चालनमा ल्याइएको थियो ।
तर, जलविरे क्षेत्रमा दुई बस एकापसमा ठोक्किएपछि सडक पुनः अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक खुलाउन आवश्यक प्रयास भइरहेको जनाइएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था अपनाउन तथा सम्बन्धित निकायको सूचनालाई ध्यान दिएर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






