काठमाडौं । गायक तथा सर्जक विशाल रायमाझीको नयाँ गीत ‘हाइ सञ्चै’ सार्वजनिक भएको छ । विशाल रायमाझी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान आकर्षित गरिरहेको छ ।
गीतमा विशाल रायमाझी र माया रायमाझीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत विशाल रायमाझी स्वयंले सिर्जना गरेका हुन् भने संगीत संयोजन विश्वास नेपालले गरेका छन् ।
गीतको रेकर्डिङ सुमन राना र खुमान सिंह रानाले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् भने रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा सम्पन्न गरिएको हो ।
गीतको भिडियोमा प्रेम, भावना र मनोरञ्जनलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन विशाल रायमाझीले गरेका छन् भने नृत्य निर्देशन अर्जुन एडीको रहेको छ ।
भिडियोमा एलिना रायमाझी, बिक्की खत्री, सुमित्रा सुनार र विशाल रायमाझीको अभिनय देख्न सकिन्छ । छायांकन प्रकाश खड्का एन्ड टिमले गरेका हुन् ।
त्यस्तै, भिडियोको सम्पादन तथा रङ संयोजन राजकुमार मगरले गरेका छन् । पोस्टर डिजाइन लक्ष्मण चौहानले तयार पारेका हुन् भने मेकअप आर्टिस्ट सङ्गीता चन्द ठकुरी रहेकी छन् । पोस्ट–प्रोडक्सनको काम राजकुमार फिल्म्सले गरेको छ ।
गीत तथा भिडियो निर्माणमा मन जीसी, सुमित भट्टराई र सुजल क्षेत्रीको विशेष सहयोग रहेको निर्माण टिमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






