काठमाडौं . विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी रहेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई हिरासतमा नराखी नियमित तारेखमा उपस्थित हुने सर्तसहित रिहा गर्ने आदेश जारी गरेको हो ।
यसअघि सम्पत्ति शुद्धीकरण विभागले व्यवसायी दीपक भट्टलगायतसँग सम्बन्धित गैरकानुनी सम्पत्ति लुकाउन तथा त्यसका लागि सहयोगी भूमिका खेलेको आरोप लगाउँदै पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विभागले पौडेलबाट २० करोड ९० लाख रुपैयाँ बिगो असुल गर्न तथा उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफत गर्न मागदाबी गरेको छ ।
उक्त मुद्दाको थप कानुनी प्रक्रिया विशेष अदालतमा जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मधेसमा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न, सिरहा अगाडि महोत्तरी सबैभन्दा पछाडि
- बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, यात्रा अघि सूचना लिन आग्रह
- राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाह प्रयास
- इरानमा अमेरिकी हवाई आक्रमण जारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो
- २४ जिल्लाका साना नदी–खोलामा बहाव बढ्ने, आकस्मिक बाढीको मध्यम जोखिम
- सरकारले अराजकता र कानुनी राज्यको उल्लंघन गरिरहेको छः अध्यक्ष ओली
- सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
- सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेल साधारण तारेखमा रिहा

ट्रेन्डिङ
खबरमुकाम







