काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम समाप्त भएको घोषणा गरेपछि अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात पनि हवाई आक्रमण जारी राखेको जनाएको छ ।
बीबीसीका अनुसार अमेरिकी सेनाले इरानका निगरानी केन्द्र, सैन्य रसद पूर्वाधार, भूमिगत हतियार भण्डारणस्थल तथा समुद्री सैन्य क्षमतासँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरेको छ ।
यता, इरानले कुवेत र जोर्डनलगायत अमेरिकाका सहयोगी मुलुकतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ । तर कुवेत र जोर्डनले आफ्ना हवाई प्रतिरक्षा प्रणालीमार्फत ती आक्रमण सफलतापूर्वक निष्क्रिय पारिएको बताएका छन् ।
यसैबीच, इरानले स्ट्रेट अफ होर्मुजनजिक दुईवटा तेल ट्यांकरमा विस्फोट भई आगलागी भएको दाबी गरेको छ । अमेरिकी सेनाले भने उक्त दाबीलाई अस्वीकार गर्दै त्यस्तो घटना पुष्टि नभएको जनाएको छ ।
निरन्तर बढ्दो सैन्य तनावका कारण विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन उल्लेखनीय रूपमा प्रभावित भएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार इरानका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् भने केही स्थानमा जनधनको क्षति भएको खबर सार्वजनिक भएको छ। अमेरिका भने आफ्ना सैन्य कारबाही केवल रणनीतिक तथा सैन्य लक्ष्यमा केन्द्रित रहेको दाबी गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






