काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।
कोशी प्रदेशअन्तर्गत इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलास्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द छन् । यस्तै भोजपुरमा पर्ने मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा बाढी तथा पहिरोको जोखिम बढेपछि सवारी आवागमन रोकिएको छ । सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा पर्ने अरनिको राजमार्ग तथा नुवाकोटको ककनी क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन् । त्यस्तै, लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक र रोल्पाको घोराही–थवाङ सहिद राजमार्गमा पनि यातायात अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले अत्यावश्यकबाहेक जोखिमपूर्ण सडकमा यात्रा नगर्न र यात्रा गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय तथा सडक व्यवस्थापन निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ प्रस्थान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






