जनकपुरधाम । समयमै पर्याप्त वर्षा नहुँदा यस वर्ष असार मसान्तसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।मधेस प्रदेश कृषि विकास निर्देशनालय, धनुषाका अनुसार प्रदेशको कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ५७.९३ प्रतिशतमा रोपाइँ सकिएको हो ।
जिल्लागत रूपमा सिरहामा सबैभन्दा बढी ८० प्रतिशत क्षेत्रमा धान रोपिएको छ भने महोत्तरीमा सबैभन्दा कम ३९.५९ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।
निर्देशनालयका अनुसार सप्तरीमा ६८ हजार हेक्टरमध्ये करिब ३४ हजार हेक्टर, सिरहामा ५४ हजार हेक्टरमध्ये ४३ हजार २०० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये २१ हजार ८५० हेक्टर तथा महोत्तरीमा ४० हजार हेक्टरमध्ये १५ हजार ८३८ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
यस्तै, सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये २५ हजार ६१९ हेक्टर, रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये २१ हजार १७५ हेक्टर, बारामा ४५ हजार १०० हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये करिब ३५ हजार ६० हेक्टर क्षेत्रमा धान रोपिएको तथ्यांकमा उल्लेख छ ।
कृषि प्राविधिकहरूका अनुसार असारभित्र रोपाइँ सम्पन्न हुँदा उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिन्छ । पछिल्लो समय पर्याप्त वर्षा भएपछि खेत तयारी, बेर्ना उखेल्ने र रोपाइँको काम प्रदेशभर तीव्र रूपमा अघि बढिरहेको छ ।
यस वर्ष किसानहरूले उन्नत जातका धानका बीउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको सन्तुलित प्रयोगमा पनि ध्यान दिएका छन् । तर केही स्थानमा मलको अभाव र सिँचाइ पूर्वाधारको कमी अझै चुनौतीकै रूपमा रहेको किसानहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






