राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाह प्रयास 

जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा शनिबार बिहान उत्पन्न विवादका क्रममा पाँच जना कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् । कारागार प्रमुख रुपक मण्डलका अनुसार पछिल्ला दुई–तीन दिनदेखि कैदीबन्दीबीच आन्तरिक विवाद चलिरहेको थियो । सोही विषयमा असन्तुष्टि जनाउँदै केही कैदीबन्दीले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले हाल कारागारभित्र छलफल जारी रहेको र अवस्था सहमतितर्फ उन्मुख रहेको बताए । यद्यपि विवादको वास्तविक कारणबारे उनले खुलाउन चाहेनन् । मण्डलका अनुसार घटनाका बेला चिकित्सक टोली र एम्बुलेन्स तयारी अवस्थामा रहेकाले कुनै मानवीय क्षति हुन पाएन ।

यता, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले चौकिदारमाथि भएको सामान्य कुटपिटपछि विवाद चर्किएको जानकारी दिए । उनका अनुसार प्रशासन र सुरक्षा निकायले कैदीबन्दीसँग छलफल तथा सम्झाइबुझाइ गरेपछि अहिले अवस्था नियन्त्रणमा आएको छ ।

कैदीबन्दीहरूले सबैसँग सम्मानजनक व्यवहार हुनुपर्ने माग राखेका छन् । सोही क्रममा प्रहरीतर्फ जान खोज्दा केही कैदीबन्दीले आत्मदाहको प्रयास गरेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै