काठमाडौं । देशका विभिन्न २४ जिल्लाका साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुरलगायत जिल्लाबाट बग्ने साना नदी तथा खोलामा बहाव बढ्ने सम्भावना रहेको जनाएको हो ।
महाशाखाका बाढीविद् विनोद पराजुलीले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, सडक प्रयोगकर्ता र निर्माण कार्यमा संलग्न व्यक्तिलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्नु उपयुक्त हुनेछ ।
निरन्तर वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा नदी–नालाको बहाव बढ्ने भएकाले डुबान र पहिरोको सम्भावना भएका क्षेत्रका स्थानीयलाई पनि आवश्यक सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।
विभागका अनुसार मनसुनी गतिविधि सक्रिय रहेकाले हिमाली र पहाडी भूभागका साथै कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
मौसमविद् डेविट ढकालका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही क्षेत्रमा अति भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






