काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि रक्षाको नजिक पुगेको हो ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा उत्कृष्ट कमब्याक गर्दै अर्जेन्टिनाले थप दुई गोल गरेर जित आफ्नो पक्षमा पार्यो ।
खेलको सुरुवाती चरणमै म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, खेलको ६७ औं मिनेटमा स्विट्जरल्यान्डका डान एन्डोएले गोल गरेपछि खेल १–१ को बराबरी स्थितिमा पुगेको थियो। त्यसपछि निर्धारित समयसम्म दुवै टोलीबाट थप गोल हुन सकेन ।
खेलको निर्णयका लागि दिइएको अतिरिक्त समयको ११२ औं मिनेटमा युलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । खेलको अन्तिम समय अर्थात् १२०ं१ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल गरेपछि अर्जेन्टिनाले ३–१ को सानदार जित सुनिश्चित गर्यो ।
अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






