काठमाडौं । नर्वेमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले दुवै गोल गर्दै टोलीका नायक बने । खेलको ३६औँ मिनेटमा एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिनुअघि बेलिङ्घमले बराबरी गोल फर्काउँदै इंग्ल्यान्डलाई खेलमा पुनरागमन गराए ।
दोस्रो हाफको ५४औँ मिनेटमा टोबियास हेगमले नर्वेका लागि गोल गरेका थिए । तर गोल हुनुअघि एर्लिङ हालाण्डले इंग्ल्यान्डका एक डिफेन्डरमाथि फाउल गरेको निष्कर्ष भिडियो सहायक रेफ्री (भीएआर) को परीक्षणपछि निकालिएपछि उक्त गोल रद्द गरिएको थियो ।
निर्धारित ९० मिनेट तथा इन्जुरी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए ।
यससँगै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अब उसले अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने क्वार्टरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






