काठमाडौं । आयोजक राष्ट्र मेक्सिको फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरणको आफ्नो पछिल्लो खेलमा इक्वेडरलाई २–० ले पराजित गर्दै मेक्सिकोले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
घरेलु समर्थकको साथ पाएको मेक्सिकोले खेलको पहिलो हाफमै दुवै गोल गरेको थियो । टोलीका लागि जुलियन क्विनोनेसले २२औँ मिनेटमा खाता खोलेका थिए भने राउल जिमेनेजले ३१औँ मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा थप गोल ननिस्किएपछि मेक्सिकोले २–० को नतिजा आफ्नो पक्षमा पार्दै प्रि–क्वार्टरफाइनल यात्रा तय गर्यो ।
अब मेक्सिकोले क्वार्टरफाइनल प्रवेशका लागि इङ्ल्यान्ड र डीआर कंगोबीच हुने प्रतिस्पर्धाको विजेतासँग खेल्नेछ ।
यस संस्करणको विश्वकपमा मेक्सिकोले अहिलेसम्म अपराजित यात्रा कायम राखेको छ । टोलीले कुनै खेल गुमाएको छैन भने विपक्षी टोलीले मेक्सिकोको पोस्टमा गोल गर्न समेत सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






