काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । राउन्ड अफ ३२ अन्तर्गत सम्पन्न खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै ब्राजिलले नकआउट चरणमा आफ्नो यात्रा अघि बढाएको हो ।
खेलमा जापानले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । २९औँ मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ब्राजिलले खेलमा पुनरागमन गर्यो । ५६औँ मिनेटमा कासेमिरोले बराबरी गोल गरेपछि खेल १–१ को अवस्थामा पुग्यो ।
खेल अतिरिक्त समयमा जाने संकेत देखिइरहेका बेला अन्तिम समयमा मैदान प्रवेश गरेका गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए ।
यस हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ । अब ब्राजिलले अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






