ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो

ठाकुरप्रसाद बेलबासे

मास्टर सेफ सन्तोष साहसँग मेरो लामो चिनजान (परिचय )होइन । एक वर्ष जस्तो भयो उनीसँगको परिचय ।

उमेरले म भन्दा निकै कान्छो कर्म र ख्यातीले निकै जेठो उनलाई मैले भिन्न तरिकाले चिन्ने र बुझ्ने मौका पाएँ ।

उनीसँग मिलेर केही नयाँ काम गर्ने योजना तयार हुँदै गरेका कारण पनि मित्रताको छोटो अवधिमा उनलाई गहिरो गरी चिन्न र अध्ययन गर्न सके ।

उनी पाककलाका व्यवसायिक विख्यात मास्टर ( ज्ञाता ) त हुन नै , त्यस भन्दा बढी उनी देशप्रेमी र समाजसेवी हुन ।

विश्वका सबै शक्तिशाली संचारमाध्यमका लागि विशेष विषय ( पात्र ) बनिसकेका सन्तोषको सरल र यायावरी जीवनशैली अद्भुत लाग्छ ।

देशी - विदेशी राजनीतिक एवम् कुटनीतिक व्यक्तिसँग पनि गहिरो सम्बन्ध राख्ने क्षमता सन्तोषसँग रहेछ । यी कुरा भइकन पनि उनी भुइँमान्छेकै रूपमा आफुलाई जोगाइराखे । कहिल्यै पद प्रतिष्ठा र सम्बन्धलाई कतै देखाएनन्।

विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो'बीबीसी मास्टर सेफ प्रोफेसनल्सका विजेता उनले नेपालमा आएर मिथिला थाली होटल रेस्टुरेन्ट संचालन गर्नै पर्दैन थियो । विश्व चर्चित होटलहरूले उनलाई रेडकार्पेट ओछ्याएर बोलाइरहेका थिए ।आज पनि बोलाएकै छ्न ।

नेपालमा भन्दा उनको विदेशमा सयौँ गुणा कमाई छ । तर उनी भित्रको देशप्रेमले नेपाल ल्यायो ।

अत्यन्तै विपन्न परिवारमा जन्मिएका उनले जुत्ताचप्पल लगाउन १५ वर्षको उमेर काट्नु परेको थियो । उनै आज एसियाको ( अहिलेसम्म ) पहिलो र एक मात्रै मास्टर सेफ बन्न सफल भए र एक दिनमा लाखौं आम्दानी गर्न सक्ने हैसियत बनाए । यो त सन्तोषको वैयक्तिक कुरा भयो । उनले 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स'मा प्रस्तुत गरेको मैथली र नेवारी खानाले एक पटक नेपाललाई विश्वसामु चर्चामा ल्यायो । र यी दुई भिन्न समुदाय र क्षेत्रका परिकारले विश्वबजारमा पहुँच राख्ने अवसर पाएँ ।

अब कुरा गरौ सन्तोषको आर्थिक लेनदनको ।हरेक लेनदेनमा सन्तोष अत्यन्तै कानूनी र सफा हुन चाहन्छन। तर उनको मनमौजी र विश्वास गर्ने स्वभावले यस पटक घात गर्यो ।

गैरीधारा स्थित उनको मिथिला थाली रहेको जग्गाको भाडा समय अवधिमा किचलो छ । जग्गाधनीले सम्झौताको विपरित जग्गा खाली गराउन खोजे । उक्त जग्गामा करोडौ लगानी गरेका सन्तोषले जग्गा छोड्ने तयारी पनि गरेका थिए ।

उक्त जग्गा उनले २ वर्ष अगाडि ७ वर्षको लागि भाडामा लिएका थिए । करोडौ लगानी गरिसके पछि जग्गाधनीले ३ वर्ष समयअवधि छँदै सम्झौता रद्ध गर्न खोज्नु कुनै न्यायसंगत कुरा त थिएन । तर सन्तोष लफडामा पर्न चाहन्नथे ।

सन्तोष विश्वास गरेका पात्रको चंगुलमा परे । उनले यो घटनालाई लम्बाउन चाहन्नथे । नचाहदा नचाहदै घटनाले यो रूप लियो । सन्तोषको कुनै अर्थले दोष देखिन्न ।जग्गाधनीको बेइमानीको कोपभाजनमा उनी परे । र चर्चित एवम् लोकप्रिय हुनुका नाताले सञ्चार र समाजका आँखामा परे ।

उनीसंग २५ लाख नभएर नतिरेका होइनन । जग्गाधनीका हातमा चेक पनि पुग्नु र परिस्थितिले विषय अदालत पनि जानुले चेक साटिएन ।

करोडौका व्यवसायको यसरी मनलाग्दी भाडा सम्झौता रद्ध गर्दै जाने र उल्टै व्यावसायीहरू वदनाम हुने हो भने भोलीका दिनमा उद्योग व्यवसायकोअवस्था कस्तो होला ?

२०८२ मंसिरमा मात्रै नेशनल जियोग्राफिक म्यागजिनले साहद्वारा तयार गरिने ‘मिथिला थाली’लाई दक्षिण एसियाकै उत्कृष्ट परिकारको रूपमा उल्लेख गर्दै सामग्री प्रस्तुत गरेको थियो ।

सन्तोषको चुलिदो ख्याती र उनको व्यावसायिक सफलताबाट चिढिनेहरू जमेरै लागेका छन् , यस बेला ।

अहिले सन्तोषका नाममा 'चेक बाउन्स र ठगी आरोप' शीर्षकमा दर्जनौ सञ्चार माध्यमले एकोहोरो समाचार प्रचार प्रसार गरिरहेका छ्न ।

सामाजिक संजाल अझ तातिएको देख्छु । चेक बाउन्स भएकै हो तर यसको अन्तर कथा सुने पछि सन्तोषको नियत खराव देखिन्न ।

अहिलेको समयमा सकरात्मकता कम र नकरात्मकता ज्यादा बिकिरहेको छ । सन्तोष त्यसैको शिकार बन्दैछन् ।

अघिल्लो दिन जयगान गरेको व्यक्तिलाई भोलि पल्ट सत्तो सराप गर्न सक्ने क्षमता नेपाली समाजसंग छ । सन्तोष यतबेला समाजको यही प्रवृत्तिको शिकार पनि बन्न पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै