काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने प्रारम्भिक शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुन सक्ने संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता तय भइसकेको दाबी गर्दै हस्ताक्षरपछि होर्मुज जलसन्धि सबै जहाजका लागि खुला हुने बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सम्झौता आइतबार हुने तालिका रहेको उल्लेख गरेका छन् । उनका अनुसार सम्झौताले इरानको आणविक कार्यक्रमसम्बन्धी थप वार्ताको बाटो समेत खोल्नेछ ।
यद्यपि इरानले भने सम्झौतामा हस्ताक्षर हुने समयबारे सावधानी अपनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माएल बाघेईले सम्झौता निकट भए पनि आइतबार नै हस्ताक्षर हुने विषय निश्चित नभएको बताएका छन् ।
सम्झौताको मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले भने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आगामी २४ घण्टाभित्र सम्झौतालाई अन्तिम रूप दिइने अपेक्षा गरिएको र त्यसपछि विद्युतीय माध्यमबाट हस्ताक्षरको तयारी भइरहेको बताएका छन् ।
सम्झौता सम्पन्न भएमा विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलसन्धि पुनः पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । साथै, दुवै देशबीच आणविक कार्यक्रम, प्रतिबन्ध तथा क्षेत्रीय सुरक्षासम्बन्धी विषयमा थप प्राविधिक वार्ता सुरु हुने बताइएको छ ।
पश्चिमा मुलुकहरूले लामो समयदेखि इरानमाथि आणविक हतियार विकासको प्रयास गरेको आरोप लगाउँदै आएका छन् । इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको दाबी गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






