काठमाडौं । देशको मौसममा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभाव देखिएको छ । यसका कारण विभिन्न प्रदेशमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको अवस्था छ । मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम सामान्यतया सफा देखिएको छ ।
आज दिनभर कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ । अन्य पहाडी क्षेत्र तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भागमा पनि आंशिक बदली रहने सम्भावना छ । कोशी प्रदेशका केही स्थान तथा पहाडी–हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ । साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै पहाडी तथा हिमाली भूभागमा आंशिक बदली कायम रहने अपेक्षा गरिएको छ । कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान छ भने अन्य केही क्षेत्रमा हल्का वर्षासँगै चट्याङ पर्ने सम्भावना रहेको जनाइएको छ ।
सम्भावित वर्षा र चट्याङका कारण प्रभावित हुन सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







