काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीनको चारदिने भ्रमणमा प्रस्थान गर्दै छन् । भ्रमणका क्रममा उनले चीनका उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय सहयोगका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
नयाँ सरकार गठनपछि हुन लागेको यो भ्रमणलाई नेपालको कूटनीतिक गतिविधिको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । केही समयअघि भारत भ्रमण सम्पन्न गरेका मन्त्री खनालले अब चीनसँगको सम्बन्ध र सहकार्यका विषयमा पनि संवाद अघि बढाउने बताइएको छ ।
भ्रमण अवधिमा नेपाल–चीन सम्बन्ध, व्यापार, लगानी, पूर्वाधार विकास तथा आपसी हितका अन्य विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ । साथै, उनले चिनियाँ राजनीतिक नेतृत्व र सरकारी प्रतिनिधिहरूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
बेइजिङमा आयोजना हुने लगानीसम्बन्धी कार्यक्रममा सहभागी हुँदै मन्त्री खनालले नेपालमा लगानीका सम्भावना र आर्थिक सहकार्यका अवसरबारे धारणा राख्नेछन् । चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
चारदिने भ्रमण पूरा गरी मन्त्री खनाल जुन १७ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






