चीनमा सम्पन्न IMTA एवं IMTA २०२५ मा नेपालको सहभागिता प्रस्तुतः ‘मुन्दुम ट्रेल’ सम्मानित

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले चीनको गुइयाङ, गुइझो प्रान्तमा नोभेम्बर ११ देखि १३ तारिखसम्म सम्पन्न इन्टरनेशनल माउण्टेन टुरिज्म एलाईन्स -IMTA_ वार्षिक सम्मेलन र इन्टरनेशनल कन्फरेन्स अफ माउण्टेन टुरिज्म एण्ड आउटडोर स्पोट्र्स -MTOS २०२५) मा नेपालको सफल प्रतिनिधित्व गरेको छ ।

“संस्कृति, खेलकुद र पर्यटनको सयोंजनद्वारा उच्च गुणस्तरीय जीवन” भन्ने विषयवस्तुमाथि आधारित उक्त सम्मेलनमा ४० भन्दा बढी देशका प्रतिनिधि तथा १०० भन्दा बढी संस्थाहरू सहभागी भएका थिए, जसले दिगो पर्वतीय पर्यटनको प्रवद्र्धनका लागि सहकार्यलाई प्रोत्साहित गरेको छ ।

नेपालको पूर्वी पहाडमा अवस्थित सांस्कृतिक र पारिस्थितिक विविधताले भरिपूर्ण मुन्दुम ट्रेललाई यस वर्षको IMTA–MTOS पुरस्कारमा दिगो पर्वतीय पर्यटन प्रवद्र्धनमा उत्कृष्ट योगदानका लागि सम्मानित गरिएको छ । यसअघि गत वर्ष IMTA लाई “विश्वप्रसिद्ध पर्यटन पर्वत” का रूपमा मान्यता दिइएको थियो । यो सम्मानले नेपालका पर्वतीय पर्यटन उत्पादहरूको विश्व नेतृत्वलाई पुनः प्रमाणित गरेको छ । मुन्दुम ट्रेलको यो मान्यताले स्वदेशी संस्कृति, जैविक विविधता र सामुदायिक नेतृत्वमा आधारित साहसिक पर्यटनको उत्कृष्ट संयोजनलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको छ ।
 

त्यसैगरी, नाट्टा अध्यक्ष श्री कुमारमणि थपलियाज्यूले नेपालका पर्वतीय पर्यटनको दृष्टिकोण प्रस्तुत गर्दै प्रभावशाली प्रस्तुति गर्नुभयो । उक्त प्रस्तुति नाट्टाका महासचिव श्री युविका भण्डारीज्यूले लेखन र संयोजन गर्नुभएको र साथै छोटो भिडियो सहित प्रस्तुत गरिएको थियो । जसमा नेपालको पदयात्रा, सांस्कृतिक संरक्षण, र सामुदायिक समावेशी लाभप्राप्तिको दृष्टिकोणलाई केन्द्रमा राखी तयार गरिएको थियो । जसको कार्यक्रमका सहभागीहरु लगायत IMTA अधिकारीहरूले उक्त प्रस्तुतिको प्रशंसा व्यक्त गरे ।

अध्यक्ष थपलियाज्यूले, नेपालको पर्यटन दृष्टिकोण सरल छ, हाम्रा हिमालहरू जोगाऔँ, हाम्रा मानिसहरूलाई अभिप्रेरित गर्दै, पर्यटकहरूलाई आत्मीय, अर्थपूर्ण र अविस्मरणीय अनुभव प्रदान गरौँ । हिमालहरूले नै हामीहरुको सही परिचय प्रदान गर्ने कुरा व्यक्त गर्नुभयो । नाट्टा, IMTA का संस्थापक तथा परिषद सदस्य भएकोले सम्मेलन अवधिमा अध्यक्ष थपलियाज्यूले क्ष्ःत्ब् परिषद बैठकमा सहभागिता भनी जनाउनुभयो, जसमा संस्कृति, खेलकुद र पर्यटनको एकीकरण, सुरक्षा मापदण्डको सुदृढीकरण, र सहकार्यद्वारा पर्वतीय सहनशीलता निर्माणका विषयमा छलफल भएको थियो ।

सम्मेलनमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (PATA_ का अध्यक्ष श्री पिटर सेमोन, IMTA का उपाध्यक्ष श्री लिउ झाओहुई, तथा FAO माउण्टेन पार्टनरशिप सेक्रेटेरिएटका श्री जियोर्जियो ग्रुसु लगायतका वक्ताहरूले समेत आफ्नो विचार प्रस्तुत गरेका थिए भने नाट्टा प्रतिनिधिमण्डलमा अध्यक्ष श्री कुमारमणि थपलिया, महासचिव श्री युविका भण्डारी, र कार्यकारी सदस्य श्री बिदुर खातीवडा लगायत सहभागी हुनु भएको थियो ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षको अवसरमा, नाट्टाले पर्यटनमार्फत जनस्तरमा सम्बन्ध सुदृढ गर्न प्रतिबद्धता प्रकट गरेको छ । अन्त्यमा नाट्टा अध्यक्षज्यूले आगामी दिनमा नेपाल पर्यटन बोर्ड -NTB_, TAAN, NMAIMTA तथा  साझेदारहरूसँग मिलेर नेपालको पर्वतीय गन्तव्यहरूलाई दिगोपन, सुरक्षात्मकता र साझा समृद्धिको विश्व नमूना बनाउन निरन्तर काम गर्न तत्पर रहेको बताउनु हुँदै, समस्त विश्व पर्यटनलाई हाम्रो पर्वतीय समुदायसँग मिलेर संरक्षण, प्रवद्र्धन र साझा समृद्धिको यात्रा गर्न नेपाल भ्रमणका लागि आह्वान समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै