काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा प्रमुख सचेतकमा पदमबहादुर परियारलाई मनोनित गरेको छ । प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चुनिएसँगै राष्ट्रियसभाका सदस्यहरुको नेतृत्वहरु पनि परिवर्तन भएका हुन् ।
राष्ट्रिय सभामा यसअघि दलको नेता रहेका कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई उक्त जिम्मेवारी दिइएको छ भने प्रमुख सचेतक रहेका कृष्णबहादुर रोकायालाई हटाएर परियारलाई उक्त जिममेवारी दिइएको छ । उनी २०८० माघमा राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै परियार निर्वाचित भएका हुन् । अपांगता क्लस्टरमा उम्मेदवार रहेका उनले त्यतिबेला ३ हजार ७७४ मत पाएका थिए ।
२०३८ सालमा तनहुँमा सामान्य दलित परिवारमा जन्मिएका उनी आंशिक अपांगता भएका व्यक्ति हुन् । जलदेवी हुँदै निर्र्मल माविबाट एसएलसी दिएका पदम विद्यार्थीकालदेखि नै राजनीतिक तथा सामाजिक संस्थामा आवद्ध त थिए ।अपांगता अधिकारका क्षेत्रमा उनले छुट्टै पहिचान स्थापित गरेका छन् । तनहुँमा अपांगता भएकाहरुको अधिकारका क्षेत्रमा क्रियाशिल रिसेड संस्थाको अध्यक्षका रुपमा क्रियाशिल पदम अपांगता अधिकार तथा सशक्तिकरणसम्बद्ध विभिन्न संघ संस्थामा पहिल्यै नेतृत्वमा थिए ।
अपांगताको क्षेत्रमा कार्यरत संस्थाहरुको साझा संस्था सीबीआर नेटवर्कको समेत अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनकै नेतृत्वमा व्यास ११ मा अपांगता श्रोत केन्द्र भवन बनेको छ । अपांगता भएका दलित समुदायको हक अधिकारका लागि संस्था खडा गरेर अधिकारका लागि समेत पदमले वकालत गर्दै आइरहेका छन् ।
२०५१ सालदेखि नै नेविसंघमार्फत उनी कांग्रेसको राजनीतिमा जोडिएका थिए । पदमले लोकतान्त्रिक अपांग संघदेखि पार्टीको व्यास नगर समिति, क्षेत्रीय समिति तथा सम्पर्क मञ्चमासमेत उनले पदिय दायित्व लिएर भूमिका खेलेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका उनले विभिन्न देशमा गएर अन्तर्राष्ट्रिय मञ्चहरुमा देशको अपांगता अधिकारका बारेमा प्रस्तुतिकरण गरेका थिए । उनले राष्ट्रियसभाको सदस्य बनेपछिको दुई वर्षमा देशका विभिन्न राजनीतिक र सामाजिक विकृति तथा विसंगतिका बारेमा सदनमा खरो आवाज उठाएका छन् भने अबका दिनमा उनको जिम्मेवारी अझै थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






