“एआई फर टुरिज्म एण्ड हस्पिटालिटी एक्सिलेन्स” विषयक मानव संसाधन विकास तालिम आज मंसिर १ गते काठमाडौंमा नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रका ६० जना व्यवसायीहरुहरुको सहभागितासहित सुरु भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आयोजित तालिम राजधानीको होटल याक एण्ड यति मा सञ्चालन भइरहेको छ ।
कार्यक्रमको प्रारम्भमा पाटा नेपाल च्याप्टरका अध्यक्ष श्री खेम लाकाईले स्वागत मन्तव्य दिँदै द्रुत गतिमा बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी रहन नेपालका पर्यटन जनशक्तिको डिजिटल कौशल र एआई क्षमता अभिवृद्धि गर्नु अत्यावश्यक रहेको कुरामा जोड दिनुभयो ।
उद्घाटन मन्तव्य प्रदान गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपक राज जोशीले पर्यटन प्रवर्द्धन, बजार रणनीति तथा क्षेत्रीय वृद्धि रणनीतिमा एआईको बढ्दो महत्व स्पष्ट पार्दै सहभागीहरूलाई प्रशिक्षकसँग सक्रिय रूपमा संलग्न हुन, खुला रूपमा अन्तरक्रिया गर्न, तथा सिकाइका आयामहरू आफ्नो व्यावसायिक अभ्यासमा लागू गर्न प्रोत्साहित गर्नुभयो ।
उद्घाटन सत्रको सञ्चालन पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले गर्नुभएको थियो, जसले कार्यक्रमलाई सुव्यवस्थित गर्दै सहभागीहरूका लागि अन्तरक्रियात्मक तथा ज्ञानवर्धक सिकाइ वातावरण तयार गर्नुभयो ।
हङकङ पोलिटेक्निक विश्वविद्यालयको स्कूल अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टकी सहायक प्राध्यापक प्रो। डा। फाये हाओ नेतृत्वमा सञ्चालन भइरहेको यस तालिममा एआईका आधारभूत तत्वहरू, एआई मोडेल तथा एजेन्ट, एआईका नैतिक पक्षहरू, तथा होटल, रिसोर्ट, एयरलाइन्स, डेस्टिनेसन म्यानेजमेन्ट र माईस र इभेन्ट सेवाहरूमा एआईको व्यावहारिक उपयोगबारे विस्तृत रूपमा छलफल गरिनेछ ।
नेपाली ट्राभल ट्रेडको सक्रिय सहभागितासहित, यस तालिमले पेशागत क्षमता अभिवृद्धि, नवप्रवर्तनलाई प्रेरणा, र नेपाललाई अझ स्मार्ट सेवा प्रदायक तथा दिगो पर्यटन क्षेत्रको अभ्यास तर्फ उन्मुख गराउने उद्देश्य राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






