फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति

काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटको संघारमा पुगेको छ । नेताहरुबीचको आन्तरिक विवाद चुलिँदै जाँदा पार्टी नै फुटको संघारमा पुगेको हो । 

विशेषगरी महामन्त्री रहेका धवल शमशेर राणाले भिन्न पार्टी बनाउने तयारी गरेका बेला राप्रपाका तीन पूर्व अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । पूर्व अध्यक्षहरु पशुपति शमशेर राणा, प्रकाश चन्द्र लोहनी र कमल थापाले पार्टीको भविष्य उज्ज्वल रहेको भन्दै कार्यकर्तालाई एकजुट रहन आग्रह गरेका हुन् । पार्टी संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्न कार्यकर्तालाई उनीहरुले आव्हान गरेका छन् । 

वक्तव्यमा उनीहरूले हालको परिस्थितिबाट विचलित नभई संगठन निर्माणमा सक्रिय हुन आग्रह गर्दै कुनै पनि ‘आत्मघाती कदम’ नचाल्न विशेष अनुरोध गरेका छन् । साथै, आगामी महाधिवेशनमार्फत पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको समाधान हुने विश्वास व्यक्त गरिएको छ।

पूर्वअध्यक्षहरूले हालैको निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि उचित रणनीति र एकताका साथ अघि बढे छोटो समयमै पार्टीले उल्लेखनीय सफलता हासिल गर्न सक्ने दाबी गरेका छन् । उनीहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापनासहित पार्टीको मूल एजेन्डा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता पनि दोहोर्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै