काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । आज बिहान सार्वजनिक गरिएको मौसम बुलेटिन अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ्ने सम्भावना छ ।
आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- प्रस्तावित प्रधानन्यायाधीश शर्माको विषयमा समितिमा छलफल हुँदै
- आजको मौसम, यी ठाउँमा छ पानी पर्ने सम्भावना
- आजको विनिमयदर, कुन देशको कतिमा हुँदैछ कारोबार ?
- तेस्रोलिंगीमाथि सडकमै रोकतोक, बालेन सरकारसँग छुट्टै आकाशे पुलको माग
- अमृत झाका बारेमा सरकारले नै ढाँट्यो, एक महिनापछि माफी
- राजनीति गर्ने भए कोट खोलेर आउन का.मु. प्रधानमन्यायाधीश मल्ललाई चुनौती
- एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


ट्रेन्डिङ
खबरमुकाम





