काठमाडौं । इरानमा पक्राउ परेका नेपाली युवा अमृत झाको बारेमा सरकारले नै झुट बोलेको खुलेको छ । एक महिना अगाडि नै रिहा भएको भनेर नेपालको परराष्ट्र मन्त्रालयले दिएको जवाफ झुटो भ्एको हो ।
सोमबार सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले झा अहिले पनि इरानमा थुनामै रहेको जानकारी दिँदै गलत सूचनाबाट पर्न गएको अन्योलप्रति माफी मागेको छ । झाको रिहाइका लागि कूटनीतिक प्रयास भइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उदयपुरको गाईघाटका ३० वर्षीय झालाई इरानी सुरक्षा फौजले होर्मुजको जलघाटी क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । इरानमा तेल लिन जाने क्रममा होर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट उनी पक्राउ परेका थिए ।
झा दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका थिए । वैदेशिक रोजगारीका लागि उनी दुई वर्षअघि दुबई गएका थिए । उनी रिहा भएको खबर सार्वजनिक गरेको एक महिनापछि परराष्ट्र मन्त्रालयले सूचना गलत भएको भन्दै माफी मागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







