काठमाडौं । युरोपकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला फितुर २०२६ मा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि थप मजबुत बन्नुका साथै अन्तर्राष्ट्रिय साझेदारी र व्यापार विस्तारका लागि ऐतिहासिक अवसर भएको छ। स्पेनको म्याड्रिडमा २१ देखि २५ जनवरी २०२६ सम्म सम्पन्न ४६औँ संस्करणको फितुरले नेपाललाई पश्चिम युरोपेली बजारमा विविध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न रणनीतिक भूमिका खेलेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताए ।
फितुर २०२६ मा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्सीजको संयुक्त सहकार्यमा ३० वटा नेपाली ट्राभल, टुर तथा पर्यटन उद्यमी संस्थाहरू सहभागी भएका थिए । मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, बोर्डका सीईओ जोशीसहित अधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाल पभेलियन उद्घाटन समारोहमा सम्बोधन गर्दै पर्यटन सचिव निरौलाले नेपाली पर्यटन व्यवसायीहरूलाई बधाई दिँदै यस्ता अवसरहरुलाई नेपालले सदुपयोग गर्नुपर्ने समेत बताएका हुन् । सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशीले नेपाल केवल ट्रेकिङ र पर्वतारोहण मात्र नभई संस्कृति, जातीय विविधता, भाषा, जैविक विविधता र दिगो पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह भएको उल्लेख गरे ।
मेलाको दोस्रो दिन आयोजित “नेपालकनेक्टू नेटवर्किङ कार्यक्रममा ५० भन्दा बढी अन्तर्राष्ट्रिय टुर अपरेटरहरू सहभागी भएका थिए । कार्यक्रममा सचिव निरौलाले विदेशी व्यवसायीहरूलाई नेपाली पर्यटन उद्यमीहरूसँग सहकार्य गर्न आग्रह गर्दै गुणस्तरीय सेवा र सुरक्षित पर्यटनको सुनिश्चितता व्यक्त गरे । कार्यक्रममा स्पेनस्थित नेपाली दूतावास, यूएन टुरिजम्, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ब्लगर, भ्लगर तथा इन्फल्युन्सरहरूको उपस्थिति थियो ।
नेपाल पभेलियनमा अन्तिम दुई दिन आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रम मेलाको प्रमुख आकर्षण बन्यो । नेपाली नृत्य, गीत, संगीत र संस्कृतिको विविध प्रस्तुतीले ठूलो संख्यामा दर्शक तानेको थियो भने छिमेकी देश मलेसियाका कलाकारहरू समेत सहभागिता जनाउँदै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए । यस वर्षको फितुर २०२६ मा ६१ देशका करिब १० हजार कम्पनीहरू सहभागी भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







