काठमाडौं । ‘ब्लू सर्ज – पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी हुन थाइल्याण्ड गएका यामाहा नेपालका साझेदार तथा यामाहा टिम पाँचदिने अविस्मरणीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । जुलाई २७ देखि ३१ सम्म आयोजना गरिएको यस कार्यक्रमले पटायादेखि बैंककसम्मको यात्रा र औपचारिक साझेदार सम्मेलनसँगै आपसी सम्बन्ध सुदृढ गर्ने र सफलताको उत्सव मनाउने अवसर प्रदान गरेको थियो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा दोस्रो दिन यामाहा नेपाल पार्टनर्स मीट एवम् नेटवर्किङ सेसनहरू संचालन गरिएका थिए । त्यसपछि आयोजित ‘गाला डिनर’मा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
यस क्रममा बी एण्ड बी अटो ट्रेडर्स प्रा. लि., विराटचोकले बेस्ट सोसल मिडिया प्रेजेन्स अवार्ड प्राप्त गर्यो भने MAW प्रा. लि., नेपालगञ्जले बेस्ट रिटेल फाइनान्स पेनिट्रेसन अवार्ड जित्न सफल भयो । लुम्बिनी अटो वर्क्स, ग्वार्कोलाई बेस्ट स्पेयर्स अवार्ड प्रदान गरिएको थियो भने राज मोटर्स प्रा. लि., हेटौंडाले बेस्ट सर्भिस अवार्ड हात पारेको थियो ।
त्यसैगरी V.A.W इन्टरप्राइजेज प्रा. लि., पोखराले हाइएस्ट AMC सेल्स अवार्ड प्राप्त गरेको थियो । बेस्ट डिलर विधाअन्तर्गत दिपेश इन्जिनियरिंग अटो पार्ट्स एण्ड सप्लायर्स, मेहेलकुनाले क्याटेगोरी A0, बी एण्ड बी अटो ट्रेडर्स प्रा. लि., विराटचोकले क्याटेगोरी A1, राज मोटर्स प्रा. लि., हेटौंडाले क्याटेगोरी A2 तथा नवीन अटो सेन्टर, नारायणघाटले क्याटेगोरी A3 मा उत्कृष्ट डिलरको सम्मान प्राप्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष श्री हाजिमे अओटाले यामाहाका लागि नेपाल सबैभन्दा महत्वपूर्ण बजार भएको उल्लेख गर्दै नेपालको इलेक्ट्रिफिकेसन तर्फको विशिष्ट यात्राको प्रशंसा समेत गरे । उनले थाइल्याण्डजस्ता ठूलो इन्जिन उत्पादन बेस भएका बजारहरूभन्दा फरक रूपमा नेपाल इलेक्ट्रिक भेहिकल (EV) को विस्तारका लागि अत्यन्त उपयुक्त बजार रहेको बताए । साथै, उनले भारतभन्दा बाहिर पहिलोपटक यामाहा ब्रान्डका e-Zero सिरिज इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने बजारका रूपमा नेपाललाई छनोट गरिएको जानकारी दिए ।
उनले भने, “यामाहा मोटर इण्डिया ग्रुपका लागि नेपाल सबैभन्दा महत्वपूर्ण बजारमध्ये एक हो । यहाँको इलेक्ट्रिफिकेसनको यात्रा मौलिक छ । त्यसैले हामीले भारतबाहिर पहिलोपटक e-Zero Series इलेक्ट्रिक मोटरसाइकल नेपालमै ल्याउने निर्णय गरेका छौं। आउनुहोस्, हामी सबै मिलेर अझ उज्ज्वल भविष्यको निर्माण गरौं ।”
उनले थपे, “इलेक्ट्रिक भेहिकलप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको सन्दर्भमा नेपाल यामाहाका लागि अति महत्वपूर्ण र सम्भावनायुक्त बजार हो । हामीले निकट भविष्यमै नेपालमा हाम्रो इलेक्ट्रिक भेहिकल सार्वजनिक गर्ने तयारी गरिरहेका छौं । यो नेपाली बजारप्रतिको हाम्रो विश्वासको उदाहरण हो । यसपटकको थाइल्याण्ड भ्रमणमा आगामी वर्षको उत्पादन योजनासम्बन्धी प्रि-अलोकेसन बैठक पनि समावेश गरिएको छ ।”
MAW राइड्स प्रा. लि. का अध्यक्ष श्री विष्णु कुमार अग्रवालले वर्षभरि समर्पणका साथ काम गर्ने सम्पूर्ण यामाहा डिलरहरूप्रति आभार व्यक्त गर्दै भने, “यस वर्ष यामाहाले तय गरिएका लक्ष्यहरूभन्दा बढी उपलब्धि हासिल गरेकाले त्यसको सफलताको उत्सवका रूपमा यो थाइल्याण्ड भ्रमण आयोजना गरिएको हो । हाम्रो डिलर नेटवर्कको सामूहिक प्रयासप्रति म अत्यन्त गौरवान्दित छु । यही उत्साह र प्रतिबद्धतालाई निरन्तर कायम राख्दै आगामी वर्षलाई अझ सफल बनाउन हामी सबै एकताबद्ध भएर अघि बढ्नेछौं भन्ने विश्वास लिएको छु ।”
मुख्य कार्यक्रमबाहेक सहभागीहरूले थाइल्याण्डमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा पनि सहभागिता जनाएका थिए । उनीहरूले स्पिडबोटमार्फत कोरल आइल्याण्ड भ्रमण, बैंककका प्रमुख शहर तथा मन्दिरहरूको अवलोकन, किनमेल तथा साँझको क्रुज यात्राको समेत अनुभव लिएका थिए ।
‘ब्लू सर्ज – पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सफलतापूर्वक सम्पन्न भएपछि यामाहा नेपालका साझेदारहरू नयाँ ऊर्जा, अझ बलियो सहकार्यको भावना र आगामी वर्षलाई थप सफल बनाउने प्रतिबद्धतासहित स्वदेश फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







